Section 8
अदालतको अधिकार क्षेत्रको प्रयोग
(१) अदालतको अधिकार क्षेत्रको प्रयोग तीनैजना सदस्यले सामूहिक रुपमा गर्नेछन् ।
तर एकजना सदस्य उपस्थित भएको इजलासले मुद्दाको कारबाही र अध्यक्ष सहित दुईजना सदस्य उपस्थित भएको इजलासले मुद्दाको कारबाही र किनारा गर्न सक्नेछ ।
(२) तीनजना सदस्य उपस्थित भएको इजलासमा तीनैजना सदस्यको एकमत वा दुईजना सदस्यको बहुमत कायम भए सो मत अदालतको निर्णय मानिनेछ ।
(३) दुईजना सदस्य उपस्थित भएको इजलासमा एकमत कायम नभए कारबाहीको हकमा अध्यक्ष सहितको इजलास भए अध्यक्षको राय बमोजिम र अध्यक्ष बाहेकको इजलास भए वरिष्ठ सदस्यको राय बमोजिम गर्न पर्नेछ । मट्टाको फैसला वा अन्तिम आदेशको हकमा पहिला अनुपस्थित रहेको सदस्य समक्ष पेश गरी निजले समर्थन गरेको राय अदालतको निर्णय मानिनेछ ।
(४) उपदफा (३) बमोजिम पहिला अनुपस्थित रहेको सदस्य समक्ष पेश गर्दा पनि फरक-फरक राय हुन गएमा अध्यक्षको राय नै अदालतको निर्णय हुनेछ ।